दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने अनेरास्ववियु मकवानपुरको माग

बकैया दर्पण संवाददाता
१७ असार २०७९, शुक्रबार १३:२१

मकवानपुर । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले हेटौँडा उपमहानगरपालिकामा कायम रहेको दिवा खाजा बापतको रकम २५ रुपैँया बनाउनुपर्ने माग राखेको छ । हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि अनेरास्ववियुले १२ बुँदे माग राख्दै माग पुरा नभए आन्दोलनको चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले अहिलेको युगमा १५ रुपैँयाले कुनै खाजा नआउने भन्दै कम्तिमा एउटा अण्डा र चना खानेगरि २५ रुपैँयासम्म खाजा रकम बृद्धि गर्नुपनेृ बताए । पत्रकार सम्मेलनमा बोल्दै पौडेलले निजि शैक्षिक सस्थाहरुको बर्गिकरण हुनुपर्ने, सो अनुसारको मूल्य निर्धारण गरिनुपर्ने, सरकारी विद्यालयले अंग्रेजी शिक्षाको नाउमा उठाउने गरेको शुल्क खारेज हुनुपर्ने, निजि शैक्षिक सस्थाले ड्रेस खरिदमा गरेको एकाधिकारको अन्त्य गरिनुपर्ने, छात्रावास र नगर बसको ब्यवस्थापन हुनुपर्ने, सार्वजनिक यातायातामा विद्यार्थीहरुलाई ४५ प्रतिशत छुट हुनुपर्ने, सरकारी विद्यालयमा भएको पुस्तक अभावलाई तुरुन्त संवोधन गरिनुपर्ने बताए ।

आफुहरुको मागलाई संवोधन नगरिए आफुहरु आन्दोलित हुनुपर्ने पौडेलको भनाइ रहेको छ । आफुहरुको मागलाई संम्वन्धित निकायले ध्यान नदिए धर्ना, प्रर्दशन गर्ने उनले चेतावनी दिए । कार्यक्रममा अनेरास्ववियुका स्थायि कमिटि सदस्य सन्तोष पौडेल, केन्द्रीय सचिवालय सदस्य किसन घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*