बागमती प्रदेशसभाको बजेट बहुमत पारित

बकैया दर्पण संवाददाता
१६ असार २०७९, बिहीबार १५:१४

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ल्याइएको विनियोजित बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठलेले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त विधेयक संसदमा पास गरियोस् भनि प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।

आर्थिक मन्त्री जम्मकट्टेलले उक्त विधेयक पारित गरियोस् भनि संसद्मा प्रस्ताव पेश गरेकोमा बहुमतले पारित गरेको हो । प्रदेश सरकारले आगामी आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट ल्याएको छ । गत असार १ गते बसेको प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री जम्मकट्टेलले सरकारको तर्फबाट उक्त बजेट सार्वजनिकरणी गरेका हुन् । सरकारको आवको लागि कुल ७० अर्ब ९३ करोड रुपैयाँको बजेटमध्ये चालुतर्फ १९ अर्ब २ करोड रुपैयाँ, पुँजिगततर्फ ४१ अर्ब ५६ करोड रुपैयाँ, वित्तिय हस्तान्तरण तर्फ ८ अर्ब रुपैयाँ र वित्तिय व्यवस्थापन तर्फ २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । सभामुख श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*