मकवानपुरका साहित्यकार उपासक नुवाकोटमा सम्मानित

बकैया दर्पण संवाददाता
१४ असार २०७९, मंगलवार १२:०३

मकवानपुर । साहित्य संगम नुवाकोटद्वारा हरेक वर्ष प्रदान गरिने ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट मकवानपुरका युवा कवि/गजलकार मसान उपासक सम्मानित हुनुभएको छ ।
असार ११ गते शनिवार नुवाकोटमा आयोजित एक कार्यक्रममा नगदसहित उक्त पुरस्कार संस्थाका अध्यक्ष तथा कार्यक्रमकी सभाध्यक्ष साहित्यकार सुमित्रा सुमीसँगै प्रमुख अतिथि रामचन्द्र भट्टले उक्त पुरस्कार उपासकलाई प्रदान गर्नुभएको हो ।

उपसकले कार्यक्रममा आधा दर्जन बढि कविताहरु वाचन गर्नुभएको थियो । उहाँसँगै दाङका युवा गजलकार वसन्त ओली ‘वसन्ती’ र नुवाकोटे गजलकार ईश्वर पौडेलले आफ्ना आधा दर्जन भन्दा बढी कविता सुनाउनुभएको थियो । तीनै जना युवा गजलकार/कवि उपासक, गजलकार बसन्ती र गजलकार पौडेललाई नगदसहित ‘संगम साहित्य सम्मान पुरस्कार–२०७९’ बाट सम्मान गरिएको हो ।
मकवानपुरका युवा कवि/गजलकार मसान उपासकले यसै बर्ष ‘मानचित्रमा देश’ कविता सङ्ग्रह र ‘अक्षर आराधन’ गजल सङ्ग्रह एकैसाथ प्रकाशन गर्नुभएको थियो । उहाँलाई कृति प्रकाशनपश्चात गजल मञ्च मकवानपुरले यसै बर्ष सम्मान गर्नुका साथै संयुक्त वाचनसमेत आयोजना गरिसकेको छ ।

उक्त कार्यक्रममा उपस्थित दर्शक साहित्यकारहरूले पनि आ—आफ्ना रचना प्रस्तुत गरेका गर्नुभएको थियो । कार्यक्रममा प्रलेस नुवाकोटका अध्यक्ष रामहरी गजुरेल, पूर्वअध्यक्षहरु नवदिप अजनवी, राजकुमार पुत्लालगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको अध्यक्षता साहित्य सङ्गम नुवाकोटका अध्यक्ष सुमित्रा सुमीले गर्नुभएको थियो भने सहजीकरण साहित्यकार शम्भुप्रसाद गजुरेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*