बकैयाको नीति तथा कार्यक्रम पारित :ऐलानि जग्गा नापजाँच र कृषिलाई प्राथमिकता (पूर्णपाठसहित)

बकैया दर्पण संवाददाता
१० असार २०७९, शुक्रबार १६:१५

मकवानपुर ।बकैया गाउपालिकाले ऐलानी जग्गा नापी गर्ने र कृषि क्षेत्रकाे बिकासमा मुख्य चासाे दिएको जनाएको छ ।

आज बसेको आठौं गाउँसभामा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा जनाउनुभएको हो ।
बकैया गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका करिब ६० प्रतिशत घरधुरीका घरमुलीसंग आफ्नो परिवारका नाममा जग्गा धनि प्रमाणपुर्जा प्राप्त नभएकोमा अघिल्लो कार्यकालमा शुरु भएको ऐलानी जग्गाको नापजाँचको कामलाई निन्तरता दिने जनाएको छ ।

साथै पालिकाकाले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको कामलाई जोड दिने,झरना बकैया बाङ्मय प्रतिष्ठान गठन गर्ने प्रकृया अगाडि बढाउने उल्लेख गरेको छ भने कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने जनाएको छ।
बकैया पालिका अध्यक्ष धर्मराज लामिछानेको सभाअध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत नीति तथा कार्यक्रम आजै सर्वसम्मतीले पारित भएको छ ।

बकैया गाउँपालिकाले ७५ करोडको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लामिछानेले जानकारी दिनुभएको छ ।

बकैया आव २०७९।०८० को नीति तथा कार्यक्रम final

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*