हेटौंडाको नगरसभा स्थगित,अब असार १२ गते बस्ने

बकैया दर्पण संवाददाता
१० असार २०७९, शुक्रबार १४:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको लागि बजेट ल्याउने तयारी गरे पनि एमालेको बिरोधको कारण स्थगित भएको छ ।
बिहान १० बजेलाई बोलाईएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछोडेको कारण सभा स्थगित गरिएको हो ।
गाँउ नगर जिल्ला सभा सन्चालन ऐन २०७५ को दफा ५ को उपदफा २ बमोजिम गणपुरक संख्या नपुगेकोले नगरसभा आगामी १२ गते दिउँसो १ बजेको लागि बोलाईएको हो ।
एमाले सदस्यहरुले बैठक सञ्चालन कार्यविधि शंसोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन नसकेको हो । एमाले सदस्यहरुले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् । उपमहानगरपालिकामा बिजयी एमालेका ५४ जना नगरसभा सदस्यहरु सहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यबिधि शंसोधनको माग गर्दै आएको छ । नगरसभाबारे एमाले केहिबेरमा पत्रकार सम्मेलन गरि पार्टीको धारण स्पस्ट पार्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*