कैलाश गाउँपालिकाःप्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्ति, चेली प्रोत्साहन कार्यक्रम

बकैया दर्पण संवाददाता
१० असार २०७९, शुक्रबार १४:४४

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रमलाई अघि बढाउने उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रममार्फत बताउनुभएको छ । पालिकाको दशौं गाउँसभाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा अध्ययनमा छात्रवृत्तिदेखि चेली प्रोत्साहन कार्यक्रम अघि बढाउने जनाइएको हो ।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको सभाध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । आगामी बर्षभित्र कम्तिमा २ वटा दूग्ध सहकारी स्थापना गरी दूध संकलन तथा पशुपालन व्यवसायलाई अभिबृद्धी गर्ने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी प्रजातान्त्रिक सेनानी स्वर्गीय सूर्यबहादुर डिम्डुङको स्मृतिमा शान्ति बाटिका निर्माण गरिने भएको छ । साहसिक पर्यटन, ट्रेकिङ रूट, सुविधासम्पन्न होमस्टे, स्थानीय संस्कृतिको सम्बद्र्धन र संरक्षण गर्न संग्राहलय निर्माण गरी पर्यटकीय गन्तव्यको निर्माण गर्ने जनाइएको छ । कैलाशदेखि बैकुण्ठसम्म जोड्ने जिपलाइन तथा गुप्तेश्वरी गुफा धार्मिक क्षेत्रको डिपिआर निर्माण गरी संघ र प्रदेश सरकारमार्फत् आवश्यक बजेटका लागि पहल गरिने भएको छ ।
पालिकामा सहकारी पसल स्थापना गरी सस्तो तथा सुलभ मूल्यमा खाद्य सामग्री विक्रि वितरणको व्यवस्था गरिने र पालिकाभित्र क वा ख वर्गका वित्तीय संस्था स्थापनाका लागि पहल गरिने जनाइएको छ ।
चिकित्सा शिक्षा, इन्जिनियरिङ, सूचना प्रविधि, पाइलट लगायतका प्राविधिक शिक्षा पढ्न भर्ना भएका विद्यार्थीहरूलाई प्रोत्साहन छात्रबृत्ति प्रदान गरिने भएको छ । एसईई दिई बसेका सम्पूर्ण विद्यार्थीहरूलाई पालिकाभित्र निःशुल्क आधारभूत कम्प्युटर तालिमको व्यवस्था मिलाइने भएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त प्राविधिक विद्यालयको स्थापना र संचालन गर्ने पालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*