थाहानगरको बजेट सार्वजनीक: १ अर्ब ८ करोड ८४ लाख ७ हजार (पूर्णपाठसहित)

बकैया दर्पण संवाददाता
१० असार २०७९, शुक्रबार १४:२८

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनीक गरेको छ ।

शुक्रबार आयोजित १९ औं नगरसभामा थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि कृषि र पर्यटन क्षेत्रलाई प्राथमिक्ता दिँदै १ अर्ब ८ करोड ८४ लाख ७ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

उपमेयर गोपालीले आर्थिक वर्ष २०७९र०८० का लागि आन्तरिक स्रोत १९ करोड ७९ लाख ५ हजार, राजश्व बाँडफाँड १९ करोड ६८ लाख ८० हजार, संघीय सरकारबाट प्राप्त १७ करोड १६ लाख, प्रदेश सरकारबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार, सशर्त अनुदान ३२ करोड १४ लाख ४० हजार र सामाजिक सुरक्षा १५ करोडको बजेट बाँडफाँड सहित बजेट पेश गरेका थिए । पेश गरेको बजेटमध्ये चालु खर्च तर्फ ९ करोड ९७ लाख ५४ हजार, पुँजीगत तर्फ ५१ करोड ७२ लाख १३ हजार, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार, सामाजिक सुरक्षा तर्फ १५ करोड खर्च हुने अनुमान रहेको छ ।

थाहानगरको बजेट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*