बकैयामा दुई दिने कृषि उद्यमशिलता अभिमुखीकरण सम्पन्न

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार ११:१५

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कृषि उद्यमशिलता विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम भएको छ ।

बकैया ३ हात्तीसुँडे आधारभूत स्वास्थ्य केन्द्रको सभाहलमा समृद्ध बकैया निर्माणको मुल आधारः स्वास्थ्य, शिक्षा, कृषि र वातावरणमैत्री पूर्वाधार भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कृषिमा बकैया गाउँपालिकालाई आत्मनिर्भर बनाउन आगामी नीति तथा योजनामा कृषिलाई प्राथमिकता दिने बताउनुभयो । उहाँले युवा र कृषिलाई जोड्न पालिकाले काम गर्ने बताउनुभयो । युवालाई उद्यमशील बनाउन उत्प्रेरणामुलक कार्यक्रम ल्याएर कृषिमा आकर्षित गर्ने र बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न यु्वाहरुलाई आग्रह गर्नुभयो । उहाँले युवालाई स्वरोजगार बन्न र उद्यमशीलता तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

बकैया जेसीजका संस्थापक अध्यक्ष रमेश फुँयालले कार्यक्रमको लक्ष्य तथा उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । बकैया गाउँपालिकाको आयोजना तथा बकैया जेसीजको समन्वयमा कार्यक्रम संचालन भएको थियो । अभिमुखीकरण कार्यक्रम असारको ४ र ५ गते दुई दिन सञ्चालन भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाका १२ वटै वडाका करिव २ सय युवाहरुको सहभागिता रहेको बकैया गाउँपालिकाका उद्यम बिकास एकाईका बरिष्ठ उद्यम बिकास सहजकर्ता बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बकैया ३ का वडा अध्यक्ष भुमलसिं घलानको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजन बकैया गाउँपालिकाका उद्यम बिकास एकाईका बरिष्ठ उद्यम बिकास सहजकर्ता एवम् कार्यक्रम संयोजक बिकास श्रेष्ठले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*