बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत, आधा पनि खर्च हुन सकेन

बकैया दर्पण संवाददाता
६ असार २०७९, सोमबार १०:०२

मकवानपुर । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन् । प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । त्यसमध्ये जेठसम्म सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँमात्र खर्च गरेका छन् ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालू खर्चतर्फ ४६ दशमलव ८२ प्रतिशत खर्च गरेको छ भने पूँजीगततर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले विगतको तुलनमा यस वर्ष बजेट खर्च बढेको उल्लेख गरेपनि सन्तोषजनक भने हुन सकेको छैन् । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष २७ दशमलव ३६ प्रतिशतले बजेट खर्च वृद्धि भएको जनाएको छ । यहि असार मसान्तसम्ममा कुल बजेटको ७० प्रतिशत खर्च गर्ने प्रदेश सरकारले अनुमान गरेकाे छ । प्रदेश सरकारले बजेट खर्च बढाउन ७ मन्त्रालय विभाजन गरेर १४ मन्त्रालय बनाए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*