सिंहलाई आईजीपी बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

बकैया दर्पण संवाददाता
५ असार २०७९, आईतवार १०:०७

मकवानपुर । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

आफूभन्दा कनिष्ट सिंहलाई आईजीपीमा नियुक्त गरिएको भन्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको हो । उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको माग गरेर उहाँले रिट दायर गरेका थियो ।

रिटमा पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्टलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा उल्लेख गर्नुभएको छ ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको थियो । आज पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गर्नुभएको थियो । सरकारी पक्षको बहसपछि पोखरेलका कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले फैसला सुनाउनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*