बकैयामा टोल बिकास संस्थाका लागि आधारभुत तालीम सम्पन्न

बकैया दर्पण संवाददाता
४ असार २०७९, शनिबार १६:००

मकवानपुर । बकैया गाउँपालिकामा टोल बिकास संस्थाका लागि आयोजना गरिएको ५ दिने आधारभुत तालीम समापन भएको छ ।

बकैया गाउँपालिकाभरी रहेका टोल बिकास संस्थाका ६० जनालाई टोल बिकास संस्थाको काम, कर्तव्य र अधिकार बुझाउनुका साथै टोल बिकास संस्थाका चुनौती र समाधानका बिषयमा जानकारी दिने उद्देश्यले तालीमको आयोजना गरिएको तालीमका संयोजक होमकुमारी सञ्जेलले जानकारी दिनुभयो ।

समापन कार्यक्रममा बोल्दै बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामीछानेले टोल बिकास संस्थाहरुलाई अझै प्रभावकारी ढङ्गबाट परिचालन गर्न सके समाजलाई अझै अगाडि लान सहज हुने अपेक्षा रहेको बताउनुभयो । साथै उहाँले टोल बिकास संस्थाको लागि सहयोग गर्न गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्री, बकैया गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, बकैया गाउँपालिका ४ का वडा अध्यक्ष राजन दङ्गाल, बकैया गाउँपालिका ३ का वडाअध्यक्ष भुमलसिं घलान, नेपाली काङ्ग्रेस बागमति प्रदेश कमिटि सदस्य रामशरण माझी र बकैया गाउँपालिकाका सामाजिक शाखा प्रमुख फटिकरमण प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*