बकैयामा २ दिने कृषी उद्यमशीलता बिकाससम्बन्धी अभिमूखीकरण तालिम शूरु

बकैया दर्पण संवाददाता
४ असार २०७९, शनिबार १२:५२

मकवानपुर ।बकैयामा २ दिने कृषि उद्यमशीलता बिकाससम्बन्धी अभिमूखीकरण तालिम शूरु भएको छ ।

युवालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले बकैया गाउ्रँपालिकाको आयोजनामा शूरु भएको २ दिने कृषि उद्यमशीलता बिकाससम्बन्धी अभिमूखीकरण तालिममा प्रत्येक वडाबाट कम्तिमा १० जना कृषक सहभागी रहने गरी तालिमको आयोजना गरिएको हो ।

कार्यक्रममा उद्यमशीलता र कृषि ब्यबशाय बारेमा बलराम श्रेष्ठ, कृषि क्षेत्रका चुनौती र सम्भावनाका बारेमा बिबेक थापा आयुमी, बित्तिय ब्यबस्थापनका बारेमा रघुनाथ न्यौपानेको प्रस्तुती रहने बकैया जेसिसका अध्यक्ष रमेश फुयालले जानकारी दिनुभयो ।

बकैयामा कृषि क्षेत्रमा केके कार्यहरु गर्न सकिन्छ र त्यसबाट लिन सकिने लाभहरुका साथै चुनौतीहरुका बारेमा सहभागीलाई बुझाइने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामीछानेले बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता बकैया गाउपालिकाका अध्यक्ष धर्मराज लामीछानेले गर्नुभएको थियो भने पालिका उपाध्यक्ष भक्तबहादुर खत्री,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनी, बकैया गाउँपालिकाका वडा अध्यक्षहरु, कृषि बिकास बैक प्रदेश कार्यालयका रघुनाथ न्यौपाने र नुर प्रसाद गौतम, युस एस आई डीका बिश्वरमण न्यौपानेलगायतको आतिथ्यता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*