बैतडीका अध्याँरा बस्तीमा विद्युत विस्तार गर्न महानिर्देशक घिसिङलाई निवेदन

बकैया दर्पण संवाददाता
१ असार २०७९, बुधबार १२:३२

बैतडी । नेपाली कांग्रेस बैतडीले बैतडीका अध्याँरा बस्तीहरुमा विद्युत विस्तारको माग राखेर नेपाल विद्युत प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिएको छ ।

नेपाली कांग्रेस बैतडीका जिल्ला सचिव देवराज जोशीले प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर प्राधिकरणका कार्यकारी महानिर्देशक कुलमान घिसिङलाई निवेदन दिनुभएको हो । जोशीले दोगडाकेदार गाउँपालिकाको वडा न. १६ र ८ साविकका रिम सित्तड र कटौजपानी गाविसमा विद्युत लाइन विस्तार नहुँदा यहाँका नागरिकहरुको अध्याँरोमा बस्न बाध्य भएको उक्त समस्या समाधानका लागि विद्युत विस्तार गरिदिन आग्रह गर्दै निवेदन दिनुभएको हो ।

त्यस्तै उहाँले विद्युत नहुँदा देखिएका समस्याका विषयमा जानकारी गराउदै छिट्टै विद्युत प्रसारण र वितरण सञ्चालन गरिदिन आवश्यक सहयोग र सहजीकरण गर्न समेत माग गर्नुभयो । जोशीले राखेको मागलाई प्राधिकरणका कार्यकारी महानिर्देशक घिसिङले उक्क्त स्थानमा तत्काल विद्युतीकरणको कार्य अगाडि बढाइने बताउनुभयो ।

जोशी २०७९ सालको स्थानीय तहमा दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार समेत रहनुभएको थियो । निर्वाचनका बेला स्थानीय विद्युतको माग राखेको र विद्युतीकरण गराईने बचन दिनुभएकाे थियाे । बचन पूरा गर्न नेपाल विद्युत प्राधिकरणको कार्यालयमै पुगेको उहाँले बताउनुभयाे ।

बैतडीकाे दोगडाकेदार गाउँपालिकाको रिम, सित्तड र कटौजपानी क्षेत्रमा विद्युत विस्तार नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*