जिसस मकवानपुर निर्वाचन : हालसम्म ९ जनाको मनोनयन दर्ता

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १७:१०

मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको निर्वाचन अन्तर्गत नयाँ नेतृत्वसहितको पदाधिकारी चयनको लागि आज मनोनयन दर्ता हुँदैछ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिउँसो १ बजेबाट सुरु भएको मनोनयन दर्ता हाल जारी छ ।

यस समाचार तयार पार्दासम्म विभिन्न पदका लागि ९ जनाले मनोनयन दर्ता गराएका छन् । जसमध्ये जिसस प्रमुखमा १ जना, उपप्रमुखमा १ जना, महिला सदस्यमा ३ जना, दलित महिला सदस्यमा १ जना र सदस्यमा ३ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, जिसस प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादीका ललितबहादुर घलान र उप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेलले मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता साँझ ५ बजेसम्म जारी रहने जनाइएको छ ।

मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, थाहा नगरापलिका र ८ वटा पालिका रहेका छन् । सबै पालिकाको प्रमुख र उपप्रमुख गरी कूल २० जनाले जिससको लागि मतदान गर्न पाउनेछन् । स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको संख्या हेर्दा नेपाली कांग्रेसको ९, नेकपा माओवादी केन्द्रको ७, नेकपा एमालेको ३ र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् । ९ सदस्यीय जिल्ला समन्वय समितिमा प्रमुख तथा उपप्रमुखसहित सात सदस्यको लागि मतदान हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*