आईजीपीविरुद्ध मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको बेञ्जमा

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार ११:३४

मकवानपुर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बढुवाविरूद्धको मुद्दाको सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।आईजीपी नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको हो । सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन । अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो ।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै न्याय माग्न सर्वोच्च अदालत पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*