मदन भण्डारी फाउण्डेसनको अध्यक्षमा पुनः खुलाल

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:२४

मकवानपुर । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा मकवानपुरको तेस्रो अधिवेशनबाट १६ सदस्यीय समिति गठन भएको छ । आईतबार हेटौंडामा सम्पन्न अधिवेशनबाट मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूनः रघुनाथ खुलाल चयन हुनु भएको छ ।

खुलाल दोस्रो कार्यकालको लागि अध्यक्षमा चयन हुनु भएको छ । फाउण्डेशनको उपाध्यक्षमा आशाकाजी श्रेष्ठ, सचिवमा बोल बहादुर कार्की, उप–सचिवमा शिवहरि दाहाल, कोषाध्यक्षमा चन्द्रावति पनेरु अधिकारी चयन हुनु भएको छ । यस्तै, सदस्यहरुमा मुकुन्द अधिकारी, उत्तम न्यौपाने, डलसी रिजाल, किसन घिसीङ, कुमार केसी, रवि रेग्मी, धर्म बस्नेत, राधिका चौंलागाई, सानु लामा, गोकर्ण तिवारी र विवश अधिकारी चयन गरिएको छ । मदन भण्डारी फाउण्डेशनको साधारणसभाले श्रीचन्द्रशर्मा स्मृतिबाट हेटौंडा–५ का बम बहादुर लामालाई सम्मान गरिएको छ । लामाले समाज रुपान्तरणको लागि सामाजिक क्षेत्रमा सकृय भई महत्वपूर्ण योगदान पु¥याएकोमा श्रीचन्द्र शर्मा स्मृतिबाट नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रथम मुख्य मन्त्री एवम् मदन भण्डारी फाउण्डेशनको केन्द्रीय सदस्य डोरमणी पौड्यालले फाउण्डेशनको स्थापना मुख्यतया राजनिति गर्न स्थापना भएको बताउनु भएको छ । नेकपा एमालेको देशको राजनिति नै मदन भण्डारीबाट गाईड्नेस भएको पौड्यालको भनाई छ । मदन भण्डारीको नामलाई जोगाई राख्न फाउण्डेशनको आवश्यकता रहेको उहाँले बताउनुभयो । फाउण्डेशनको प्रमुख लक्ष्य नै राजनितिक काम भएको दावी गर्नु भयो । प्रदेशमा राजनैतिक पार्टीको संगठन बलियो बनाउन ७ ओटै प्रदेशमा फाउण्डेशन बिस्तार गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*