गण्डकी प्रदेश सरकारले ३८ अर्ब बढीकाे बजेट ल्याउदै

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०७९, सोमबार १०:०८

मकवानपुर । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनैपर्ने कानूनी व्यवस्था अनुसार प्रदेश सरकारले बजेटको तयारी गरेको हो । सत्ता पक्षका सांसदहरुलाई प्रति सांसद ५ करोड र प्रतिपक्षी दललाई एकमुष्ट ३५ करोड रुपैयाँ दिने गरी बजेट ल्याउन लागेको बताइएको छ । यसरी वितरण गर्दा सत्तापक्षका सांसदहरुलाई मात्रै १ अर्ब ६० करोड रुपैयाँ छुटाउनु पर्दछ ।

यो बाहेक निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रत्येक सांसदले २ करोडका दरले खर्च गर्न पाउछन् । यसपालिको अधिकांश बजेट सांसदहरुलाई बाँडेर सक्न खोजेको भन्दै चर्को आलोचना समेत भएको छ। सांसदलाई बाँड्ने रकम मात्रै २ अर्ब ६७ करोड भन्दा बढी हुने देखिएको छ ।

मन्त्रालयहरुको सिलिङ घटाएर सांसद मार्फत योजना छनोट गर्न थालेपछि सत्ताधारी दलहरुभित्रै असन्तुष्टि बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*