नवसर्जक साहित्य चौतारी नेपालद्वारा ८ जना सम्माति

बकैया दर्पण संवाददाता
२९ जेष्ठ २०७९, आईतवार ०९:४७

मकवानपुर । नवसर्जक साहित्य चौतारी नेपालले ८ जना स्रष्टालाई सम्मान गरेको छ । साहित्य चौतारी नेपालले शनिबार हेटौंडामा प्रथम राष्ट्रिय बालसाहित्य उत्सवको अवसरमा ८ जनालाई सम्मान गरेको हो । साहित्य चौतारीले लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्यकार सम्मान–२०७९ बाट प्रमोद प्रधानलाई प्रदान गरेको छ । प्रधानलाई १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिएको हो ।

यसैगरी, प्रदेश–१ नवसर्जक सम्मान–२०७९ बाट अन्वेषा चापागाई, मधेस प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अभिजित राम, बागमती प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुज्ञा नेपाल, गण्डकी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट अनुराग सापकोटा, लुम्बनी प्रदेश नवसर्जक सम्मान–२०७९ बाट पवन अधिकारी, कर्णाली प्रदेश नवसर्जक सम्मान–२०७९ बाट नवीन पाण्डे र सुुदुरपश्चिम प्रदेश नवसर्जक सम्मान–२०७९ बाट ऋष्टिना करिया प्रधान थारुलाई सम्मान गरिएको हो । उनीहरुलाई जनही ७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिएको हो ।

कार्यक्रम नवसर्जक साहित्य चौतारी नेपालकी अध्यक्ष प्रशन्ना चौलागाइँको सभाध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपालको प्रमुख आतिथ्यमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*