हेटौंडामा आँखामा हुने रोग र उपचारबारे संचारकर्मीहरुसँग अन्तरक्रिया

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १६:२४

मकवानपुर । सामुदायिक आँखा अस्पताल हेटौंडाले आँखामा हुने रोग र त्यसको उपचारबारे संचारकर्मीहरुसँग एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम बुधबार अस्पतालको सभाहलमा भएको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख सुनिल थकालीले आँखामा हुने समस्याहरु न्युन दृष्टि, दृष्टि दोष, अल्छी आँखा, आँखामा हुने चोटपटक, आँखाको आपतकालिन अवस्था, नवजात शिशुमा पाक्ने रोग, आँखाको नानीमा हुने घाउ, मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर, जलबिन्दु, मोतिबिन्दु लगायतका विषयमा कसरी थाहा पाउन सकिने र त्यसको रोकथाम तथा उपचारको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुरका अध्यक्ष मणिराज गौतम, पुर्बअध्यक्ष राममणि दाहाललगायत ३० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*