ल्यान्डफिल साइटमा स्थानीय-प्रहरी झडप, अश्रु ग्यास प्रहार

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १६:१४

मकवानपुर । काठमाडौं उपत्यकाको फोहोर विसर्जन केन्द्र नुवाकोटको बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। स्थानीयले बुधबार पनि विरोध गरी फोहोर फाल्न नदिएसँगै स्थानीय र प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

अहिले ल्यान्डफिल साइटमा अवस्था तनावग्रस्त छ। स्थानीयले ढुंगामुढा प्रहार गरे भने प्रहरीले २ सेल अश्रु ग्यास प्रहार गरेको छ। फोहोर विसर्जनमा स्थानीयले अवरोध गरेसँगै २ सय जनाभन्दा बढी प्रहरी परिचालन गरिएको छ। काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि सोमबार नै काठमाडौं महानगरपालिका, शहरी विकास मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच सहमति भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*