फोहोर विसर्जन गर्न आज पनि अवरोध

बकैया दर्पण संवाददाता
२५ जेष्ठ २०७९, बुधबार ११:३१

मकवानपुर । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन् । काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले रोकेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ।

स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको थियाे ।

फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय बासिन्दालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*