एक साताअघि भित्रियो मनसुन

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १७:२२

मकवानपुर । यस वर्षको मनसुन नेपाल प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो बुलेटिन जारी गर्दै पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको जानकारी दिएको छ ।

नेपालमा मनसुन भित्रिने सदर मिति जुन १३ भए पनि यसपालि मनसुन एक साताअघि नै नेपाल भित्रिएको हो । नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको पूर्वानुमान शाखाले जनाएको छ ।

प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आइतबार र सोमबार वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ ।

उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभाव देखिएको छ । गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*