साहित्य संगमद्वारा चार जना सम्मानित

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १६:२७

मकवानपुर । साहित्य संगम मकवानपुरले चार जना साहित्यकारहरुलाई सम्मान गरेको छ । गोपालप्रसाद रिमालको जन्मजयन्तीको अवसरमा संगमले गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठलाई २० हजार एक रुपैयाँ राशी र सम्मानपत्र प्रदान गरिएको छ ।

यस्तै प्रगतिवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ बाट साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिना सम्मानित हुनुभएको छ । तिमल्सिनालाई १५ हजार ५ सय ५५ रुपैयाँ राशीसहित सम्मान गरिएको हो ।
यसैगरी हास्यव्यङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गर्नुभएको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ बाट लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) सम्मानित हुनुभएको छ । यस्तै ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७८ बाट कवि शान्तिप्रिय वन्दना सम्मानित हुनुभएको छ । १० हजार एक रुपैयाँ राशीसहित वन्दना सम्मानित हुनुभएको हो ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नवराज शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा सार्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार आरसी रिजाल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*