चलचित्र पत्रकार संघ मकवानपुरद्वारा ७ जना सम्मानित

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १५:४३

मकवानपुर । चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गरेको छ । संघले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवसमा गर्ने सम्मान कार्यक्रमअन्तर्गत आईतबार हेटौंडामा एक कार्यक्रमको अयोजना गर्दै नगद राशि सहित ७ जना पत्रकार तथा कलाकर्मीलाई सम्मान गरेको हो ।

संघले चलचित्र पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष राममणि दाहाल, नयाँ पत्रिका दैनिकका ब्युरो प्रमुख दीपक अधिकारी र राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०७९ बाट चपसंघ केन्द्रीय उपाध्यक्ष दिपज्योति थापालाई नगद ५/५ हजार रुपैयाँ र राष्ट्रिय चलचित्र पत्रकारिता २०७७ बाट चपसंघका केन्द्रीय पुर्व अध्यक्ष बिदुर गिरीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

यसैगरी, चलचित्र कलाकर्मी सम्मान–२०७७ बाट कलाकार प्रेम भोम्जन, राज कटुवाल र लेखक, निर्देशक शिवम अधिकारीलाई सम्मान गरेको छ । उक्त कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबहाक अध्यक्ष कपिल खड्काको सभाध्यक्षता तथा बागमती प्रदेशका सँस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश शाखाका महासचिव कृष्णसारु मगर, मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्त श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*