मकवानपुर गोल्डकपः एपिएफको फराकिलो जित

बकैया दर्पण संवाददाता
२२ जेष्ठ २०७९, आईतवार १५:३२

मकवानपुर । हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा सशस्त्र प्रहरीको नेपाल एपिएफले ३-० को सहज जित हात पारेको छ ।

हेटौंडा-५ को पिप्ले रंगशालामा आईतबार बिहान भएको खेलमा एपिएफले फ्रेन्डस क्लब ललितपुरलाई फराकिलो गोल अन्तरले पराजित गरेको हो।

खेलको पहिलो हाफको २८ औं मिनेटमा एपीएफका नवीन लामाले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरि,खेलको दोस्रो हाफको ३१ औं मिटेमा एपीएफका सविन गुरुङले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । खेलको अतिरिक्त समयमा एपिएफका रवि थिङले गोल गर्दै एपिएफलाई सहज जित दिलाए । खेलमा एपिएफका प्रदीप लामा म्यान अफ दी म्याच घोषित भए । उनले दशहजार रुपैयाँ नगद प्राप्त गरे ।

यसैगरि,प्रतियोगिता अन्तर्गत आज अपरान्न ४ बजे नेपाल पुलिस क्लब र खुमलटार युवा क्लबबीचको खेल पनि हुँदै छ । ३० गते सम्म जारी रहने प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*