नेपाली काङ्ग्रेस बकैयाले भोली बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्दै

बकैया दर्पण संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १२:२१

मकवानपुर । नेपाली काङ्ग्रेस बकैया गाउँ कार्यसमितिले २१ गते बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्ने भएको छ ।
स्थानिय निर्वाचन २०७९ मा बकैया गाउँपालिकाबाट नेपाली काङ्रग्रेसकातर्फबाट उममेदवार भई बिजयी भएका सम्पूर्ण जनप्रतिनिधिहरुलाई सम्मान गर्ने नेपाली काङ्ग्रेस बकैयाले जनाएको छ ।

बकैया गाउँपालिकामा नेपाली काङ्रग्रेसका १ पालिका अध्यक्ष, ५ वडाअध्यक्षसहित २८ जना निर्वाचित भएका छन् ।

सबै निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्दै पार्टीको घोषणापत्रलाई कसरी सहज ढङ्गबाट कार्यान्वयन गर्न सकिन्छ भनेर अभिभूखीकरणसमेत दिईने नेपाली काङ्ग्रेस बकैया गाउँ कार्यपालिकाका सभापति दिलबहादुर लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*