हेटौंडा उपमहानगरको कार्यपालिका बैठक भोलि बस्ने

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १६:३९

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठक भोलि बिहीबार बिहान ८ बजे बस्ने भएको छ । बैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट मीना कुमारी लामाको नेतृत्वमा नयाँ स्थानीय सरकार गठन भएपछि हेटौंडा उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बस्न लागेको हो ।
पहिलो बैठकमा मेयरको रुपमा आफूले गरेको पहिलो निर्णयलाई अनुमोदन गराउने मेयर मीना कुमारी लामाले जानकारी दिनुभयो । कार्यपालिका बैठकले स्थानीय उपमहानगरका केही समिति गठन गर्ने प्रस्ताव पनि रहेको उहाँले बताउनुभयो । बैठकले निर्वाचन गराउन सहयोग गर्ने, मतदान गरेर निर्वाचित गराउने, बधाई तथा शुभकामना व्यक्त गर्नेलाई धन्यवाद ज्ञापन गरिने बताइएको छ । कार्यपालिका बैठकलाई सीसी क्यामेरामार्फत श्रव्यदृश्य रेकर्ड राखिने पनि उहाँले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका मेयर र उपमेयरसहित २९ सदस्यीय रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*