भद्रपुर उडेको बुद्धको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

बकैया दर्पण संवाददाता
१८ जेष्ठ २०७९, बुधबार १३:४०

मकवानपुर । त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ ।

विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट उडेको विमान ११ बजेर ६ मिनेटमा काठमाडौंमै फर्काएर अवतरण गरिएको थियो। विमान उड्ने बेला नै पछाडिको टायरको केही भाग उप्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

‘टेकअफकै बेला पछाडिको टायर केही फुटेर उप्किएको रहेछ’, सिटौलाले भने, ‘आधा घण्टापछि आकाशबाटै ​काठमाडौं फर्काएर अवतरण गरियो ।’

विमानमा रहेका चालक दलका चार जना सदस्य र ६९ यात्रु सबै सकुशल रहेका सिटौलाले बताए । उनका अनुसार अहिले विमानको प्राविधिक जाँच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*