कक्षा ११ को आंशिक परीक्षाको समयतालिका सार्वजनिक

बकैया दर्पण संवाददाता
१७ जेष्ठ २०७९, मंगलवार १६:०७

मकवानपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयल कक्षा ११ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डले यही जेठ २९ गतेदेखि संचालन हुने कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवम् आंशिक परीक्षाको समयतालिका सार्वजनिक गरेको हो ।

बोर्डले सार्वजनिक गरेको समयतालिका अनुसार, परीक्षक बिहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने परीक्षा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नहुने जनाइएको छ । विद्यार्थीले परीक्षा नियन्त्रण गर्न नपाइने र परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र विद्यार्थी संख्याको आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुने गरी कायम गरिने उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*