हेटौंडामा १९१ औं गजल यात्रा

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०७९, आईतवार ११:२२

मकवानपुर । गजल मञ्च मकवानपुरको आयोजनामा १९१ औं गजल यात्रा आज शनिवार हेटौंडामा भएको छ ।
साहित्य संगम मकवानपुरको सभाहलमा भएको कार्यक्रममा गलजकारद्वय विश्वनाथ सञ्जेल र मसान उपासकले बिशेष गजल वाचन गरेका थिए । उनीहरुले कार्यक्रममा एक दर्जन गजल बाचन गरेका थिए । नियमित यात्राको क्रममा गजलकार स्वस्तिका दाहाल, कमल नेपाल, राम कार्की, गान्धी गौतम, अनिल कोईराला, देवराज तिवारी लगायतकाले गजल बाचन गरेका थिए ।
गजल मञ्च मकवानपुरका पुर्व अध्यक्ष दीपक गौतमको प्रमुख आतिथ्यता तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, गितकार गजलकार तुलसी घिमिरे, हास्यव्यङग्यकार आरसी रिजाल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोखरेल, नेपाली लेखक संघ मकवानपुरका अध्यक्ष छवि अनित्य, साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने लगायतकाको आतिथ्यता रहेको थियो । गजल मञ्च मकवानपुरका सचिव हरिप्रसाद पौड्यालले कार्यक्रम संचालन गरेका थिए । गजल मञ्च मकवानपुरको नयाँ कार्यसमिति चयन भएपछि यो पहिलो कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*