वडाध्यक्ष तेश्रो भएपछि माओवादी केन्द्रका नेतासन्तोष न्यौपानेद्वारा पार्टि परित्यागको घोषणा

बकैया दर्पण संवाददाता
८ जेष्ठ २०७९, आईतवार १०:५९

मकवानपुर । नेकपा माओवादी केन्द्रका हेटौँडाका नेता तथा हेटौँडा उपमहानगरपालिका वडा नंबर १० का उम्मेद्वार सन्तोष न्यौपानेले पार्टी परित्यागको घोषणा गरेका छन् । सामजिक सञ्जाल फेसबुक मार्फत न्यौपानेले लेखेका छन ‘आजको मितिबाट म कुनैपनि दलमा नरहेको घोषणा गर्नेछु । समाजसेवामा म सधै लाग्नेछु ।’ न्यौपानेले मतगणनाको दौडान आफ्नो १ भोट मात्र पनि कांग्रेसको भन्दा कम आयो भने राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए ।

न्यौपानले हेटौँडा – १० बाट ३०८ मत प्राप्त गरेका थिए । उनले भनेको कांग्रेस उम्मेद्वारले ६८४ मत प्राप्त गरेका थिए । वडा नंबर १० मा नेकपा एमालेबाट फुर्वादोर्जे लामा ९ सय ७२ मत सहित वडाध्यक्षमा विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*