बकैयामा गठबन्धनको चुनावी अभियानमा हिडेको सवारी दुर्घटना हुँदा १३ जना घाईते

बकैया दर्पण संवाददाता
२३ बैशाख २०७९, शुक्रबार ०९:३०

मकवानपुर । मकवानपुरको बकैयामा नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धनको चुनावी अभियानमा हिडेको मिनि ट्रक सवारी दुर्घटना भएको छ ।
बकैया-६ को ठूलो सुधामा गठबन्धनको बागमती प्रदेश ०३००१ च १७६२ नंबरको सवारी हिजो साँझ आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १३ जना घाईते भएकोमा १२ जना डिस्चार्ज भइसकेको र एकजानको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*