सेनाको ब्यारेकभित्र गोली चल्यो, महिला सैनिक गम्भीर घाइते

बकैया दर्पण संवाददाता
८ बैशाख २०७९, बिहीबार १०:२२

मकवानपुर । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ ।

बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतको बताएकाे छ ।

स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले घटनाकाे विषयमा केही जानकारी नभएको प्रतिक्रिया दिएको छ ।

राजवंशी आफैंले गोली चलाएको दावी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*