मकवानपुरका गोलेको चट्याङ लागेर मृत्यु

बकैया दर्पण संवाददाता
७ बैशाख २०७९, बुधबार ११:५२

मकवानपुर । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर ८ बस्ने ६५ वर्षीय जितबहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, मंगलबार राति वर्षासँगै आएको चट्याङ लागेर गोले गम्भीर घाइते भएका थिए । घाइते उनलाई उपचारको लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतक गोलेको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
यस्तै, हिजो साँझ आएको चट्याङ लागेर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ बस्ने ६२ वर्षीया ठूलीमाया रुम्बा गम्भीर घाइते भएकी छन् । घाइते रुम्बाको ललितपुरको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*