हेटौंडामा जर्नालिजम अवार्ड २०७९ हुने

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १५:१२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा तेस्रो र चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ हुने भएको छ ।
न्यू मिडिया एकेडेमी प्रालिले यहि बैशाख १० गते हेटौंडामा जर्नालिजम अवार्ड गर्न लागेको हो । एकेडेमीले २०७५ मा पहिलो हेटौंडा जर्नालिजम अवार्ड युएईमा सम्पन्न गरेको थियो भने दोस्रो २०७६ मा हेटौंडामा गरेको थियो ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै एकेडेमीका अध्यक्ष मणिराज गौतमले विभिन्न १३ विधामा मकवानपुरका १३ जना पत्रकारलाई अवार्ड प्रदान गर्नलागिएको जानकारी दिए । उनका अनुसार प्रत्येक विधामा अवार्डसँगै पाँच हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट पत्रकार वर्ष अवार्डलाई नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
उत्कृष्ट पत्रकार वर्ष अवार्ड (महिला र पुरुष), उत्कृष्ट खेलकुद पत्रकारिता बर्ष अवार्ड, उत्कृष्ट कला पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड,उत्कृष्ट नवप्रवेसी पत्रकारिता बर्ष अवार्ड (महिला र पुरुष),उत्कृष्ट अनलाइन पत्रकारिता बर्ष अवार्ड,उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्ड, चलचित्र पत्रकारिता वर्ष अवार्ड, रेडियो पत्रकारीता बर्ष अवार्ड,सम्पादक वर्ष अवार्ड र उत्कृष्ट क्रियाशील पत्रकार बर्ष अवार्ड गरी १३ विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्ड कार्यक्रम सँगै साँस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*