मकवानपुरको बागमतीमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १४:४४

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा बालिका बलात्कार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।

बागमती–६ की ८ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४९ वर्षीय पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

सोमबार साँझ पीडित बालिकाकी आमाले आफन्तबाटै छोरी पटक–पटक बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले आरोपितलाई पक्राउ गरको प्रवक्ता कार्कीले बताए ।

पक्राउ परेका पुरुष माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*