५ दिनमा ‘केजिएफ २’ को कमाइ ६ अर्बभन्दा माथि

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १४:२०

एजेन्सी । बिहीबार प्रदर्शनमा आएको कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ ले ६ अर्बभन्दा माथि कमाइ गरेको छ। फिल्मले ५ दिनमै ६ अर्बको आँकडा पार गरेको हो। योसँगै ‘केजिएफ २’ ६ अर्बभन्दा बढी कमाइ गर्ने दशौँ भारतीय फिल्म पनि बनेको छ।

१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। निर्माण टोलीका अनुसार फिल्मले ५ दिनमा विश्वभरिबाट ६ अर्ब २५ करोडको कमाइ गरेको छ। साथै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा पनि नवौँ नम्बरमा पुगिसकेको छ।

‘केजिएफ २’ ले ‘सुल्तान’, ‘पद्मावत’, ‘वार’, ‘सन्जु’, ‘धुम ३’, ‘टाइगर जिन्दा है’ लगायत फिल्मको लाइफटाइम ग्रस कलेक्सनको रेकर्ड ५ दिनमै तोडेको छ। फिल्मले मङ्गलबार ‘बाहुबलीः द बिगिनिङ’ र ‘२.०’ लाई पनि पछि पार्ने लगभग निश्चित देखिएको छ। ‘बाहुबली’को लाइफटाइम ग्रस कलेक्सन ६ अर्ब ५० करोड रहेको छ भने ‘२.०’ को ६ अर्ब ५५ करोड रहेको छ।

२०१८ मा प्रदर्शनमा आएको केजिएफले जम्मा २ अर्ब ५० करोड कमाएको थियो। पहिलो फिल्म प्रदर्शन भएपछि नै लाखौँ दर्शक यसको दोस्रो च्याप्टरको पर्खाइमा थिए। फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।

प्रशान्त नीलको लेखन तथा निर्देशनमा बनेको पिरियड एक्सन ड्रामा जनराको फिल्ममा यश राज केन्द्रीय भूमिकामा देखिएका छन् भने सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राज लगायत कलाकारको मुख्य भूमिका रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*