चुनावी तालमेल गर्न एमाले र राप्रपा नेपालबीच मकवानपुरमा बैठक बस्दै

बकैया दर्पण संवाददाता
६ बैशाख २०७९, मंगलवार १०:२३

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा राप्रपा नेपालले केन्द्रको निर्णय अनुसार नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ । सोही सन्दर्भमा छलफल गर्न राप्रपा नेपाल र एमालेबीच आज बैठक हुने भएको हो ।

राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटाले आजको बैठकबाट चुनावी तालमेलको विषयमा एउटा निश्कर्ष निकालिने तयारी भइरहेको बताए । उनले निर्वाचनमा कसरी अघि बढ्ने, राप्रपा नेपालले कुन–कुन स्थानीय तहमा उम्मेदवार बनाउने भन्ने विषय आज टुंगो लगाइने बताए ।

स्रोतका अनुसार राप्रपा नेपालले मकवानपुरमा एउटा गाउँपालिकाको प्रमुख, हेटौंडा उपमहानगरपालिका र केही गाउँपालिकाको उप–प्रमुखसहित सबै पालिकाहरुमा हैसियत अनुसार वडा अध्यक्ष वा सदस्य पाउनुपर्ने आन्तरिक निश्कर्ष निकालेको छ । सोही अनुसार आज छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष कमल थापाको गृह जिल्लासमेत भएकोले आफुहरुको राम्रो पक्कड मकवानपुरमा भएको राप्रपा नेपालले दावी गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*