बक्स अफिसमा ‘केजीएफ २’को नयाँ रेकर्ड, चार दिनमा ५५० करोड कमाइ

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १५:१५

एजेन्सी । दक्षिण भारतका सुपरस्टार यश अभिनित फिल्म ‘केजीएफ च्याप्टर २’ ले बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ । फिल्मले ४ दिनमा ५ सय ५० करोड भारतिय रुपैयाँ कमाएर नयाँ रेकर्ड बनाएको हो ।

फिल्म रिलिज भएको दिनदेखि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रेड विश्लेषक मनोबाला विजयबलनले फिल्मले गरेको कमाइको पछिल्लो तथ्याङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् ।

मनोबालाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले ४ दिनमा कुल ५ सय ५२ करोड भारतिय रुपैयाँ कमाएको छ । फिल्मले पहिलो दिन १६५.३७ करोड, दोस्रो दिन १३९.२५ करोड, तेस्रो दिन ११५.०८ करोड र चौथो दिन १३२.१३ करोड कमाइ गरेको छ ।

फिल्मको हिन्दी भर्जनले ४ दिनमा करिब २ सय करोड भारु कमाइ गरेको छ । मनोबालाले फिल्म ग्लोबल बक्स अफिसमा दोस्रो स्थानमा रहेको जानकारी दिए । यसअघि ग्लोबल बक्स अफिसमा पर्न सफल एक मात्र भारतिय फिल्म ‘फन्टास्टिक बिस्ट्स’ हो ।

फिल्मलाई तमिल, लेलुगु, कन्नड, मलयालम र हिन्दी भाषामा प्रर्दशन गरिएको छ । प्रशान्त नीलको निर्देशनमा बनेको ‘केजीएफ च्याप्टर २’ मा यश, संजय दत्त, रविना टण्डन र श्रीनिधि शेट्टीको मुख्य भूमिका छ ।

सन् २०१८ मा रिलिज भएको फिल्मको पहिलो भाग उक्त समयको कन्नड उद्योगको सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*