पारिजातको २९ औं स्मृति दिवसमा सिर्जना सम्मानित

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १२:२७

मकवानपुर । पारिजातको २९ औं स्मृति दिवसमा साहित्यकार एवम् अनुवादक सिर्जना शर्मा सम्मानित हुनु भएको छ । साहित्य संगम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा सोमबार भएको परिजात स्मृति सम्मान समर्पण तथा रचना वाचन कार्यक्रममा शर्मालाई नगद १५ हजार ५ सय ५५ राशीसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजाालको प्रमुख आतिथ्य तथा साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आरसी रिजालले हेटौंडा–१० स्थित पारिजातको अर्धकदको शालिकमा माल्यार्पण गर्नुभएको थियो । सम्मानित सिर्जनाले पारिजातले गरेका कृति र रचनाका बारेमा चर्चा गर्नु भएको थियो । साहित्य क्षेत्रमा पारिजातको योगदानको स्मरण गरिएको थियो । कार्यक्रममा पारिजातका कविता वाचन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*