मनहरी र बकैयामा बुद्धिजीवी परिषद्

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार ११:१४

मकवानपुर । नेपाल बुद्धिजीवी परिषद् मकवानपुरले पालिकास्तरमा परिषद् गठन गर्न सुरु गरेको छ । शनिबार मकवानपुरको मनहरी र बकैया गाउँपालिकामा परिषद् गठन गरिएको छ ।
विभिन्न पेशा, व्यवसायमा आवद्ध व्यक्तिहरुको उपस्थितिमा बकैया गाउँपालिकामा भएको भेलाबाट नारायण प्रसाद चापागाईको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ । तदर्थ समितिको सचिवमा सिताराम दाहाल, सदस्यमा रमेश लामा, हरि प्रसाद घिमिरे, सुनिता तिमल्सिना घिमिरे, तोयानाथ दाहाल र राम प्रसाद न्यौपाने चयन हुनुभएको छ । बैशाख ९ गते भेला गरेर समितिलाई पूर्णता दिने बताइएको छ ।
पालिकास्तरीय भेलालाई सहजीकरण गर्न नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका सचिव संगम चौलागाई र सदस्य रमेशमोहन अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा नेकपा एमाले बकैया गाउँपालिका कमिटीका अध्यक्ष गोपाल दाहाल, शिक्षक उद्धब सापकोटाको पनि उपस्थिति रहेको थियो ।
यसैगरी, शनिबार नै मकवानपुरको मनहरी गाउँपालिकामा गोविन्दप्रसाद पौडेलको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति चयन गरेको छ । तदर्थ समितिको सदस्यमा राधिका ठकुरी, सविन ढुंगाना, मनोज न्यौपाने र दिनेश कुमार सापकोटा चयन हुनुभएको छ ।
भेलामा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, नेपाल बुद्धिजीवी परिषद् मकवानपुरका इन्चार्ज जुना दाहाल, परिषद् मकवानपुरका अध्यक्ष मोहन प्रसाद शर्मा, सहसचिव हरि खड्का, सदस्य पिताम्बर बास्तोला, कैलाश धितालको पनि उपस्थिति रहेको थियो । नेपाल बुद्धिजीवी परिषद्लाई जिल्लाका १० वटै पालिकामा विस्तार गरी पालिकाको समग्र विकासमा बुद्धिजीवी समूहलाई सक्रिय बनाउने उद्देश्य रहेको अध्यक्ष मोहन प्रसाद शर्माले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*