सशस्त्र प्रहरीको भावी एआइजीमा अर्याल

बकैया दर्पण संवाददाता
५ बैशाख २०७९, सोमबार १०:५३

मकवानपुर । सशस्त्र प्रहरीको नायव महानिरीक्षक डिआईजी राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाको लागि सिफारिस हुनुभएको छ ।

बढुवा समितिकोे निर्णय अनुसार अर्याललार्ई बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बढुवा समितिका सदस्य सचिवमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी हुनुहुन्छ । आईजीपी केसीले ३ दिनको म्याद दिएर एआईजी बढुवाका लागि गत चैत ३० गते आवेदन आह्वान गर्नुभएको थियो ।

जसमा ४ डीआईजीले आफू एआईजीमा बढुवा हुनुपर्ने भन्दै फारम बुझाएका थिए । आवेदन दिनेहरुमा पहिलो नम्बरका डीआईजी राजु अर्याल, दोस्रो नम्बरका नारायणदत्त पौडेल, तेस्रो नम्बरका सिपी (चन्द्रप्रकाश) गौतम र उहाँहरु भन्दा पछि बढुवा भएका वंशिधर दाहाल हुनुहुन्थ्यो ।
बढुवा भएमा अर्याल यही वैशाख १८ पछि सशस्त्र प्रहरी महानिरिक्षक बन्नुहुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*