कोरोनाबिरुद्धको खोप अभियान सफल भएको सरकारी दाबी

बकैया दर्पण संवाददाता
४ बैशाख २०७९, आईतवार १५:४८

मकवानपुर । सरकारले आफ्नो लक्ष्यअनुसार कोरोनाबिरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ ।

२०७८ चैत मसान्तसम्म १८ वर्ष माथिका सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो ।

उहाँले गत वर्षको माघ १४ बाट कोरोनाबिरुद्धको खोप अभियान सुरू गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान सुरू गरिएको र सरकारले लगभग लक्ष्य पूरा गरेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको स्पष्ट पार्नुभयो । त्यस्तै, ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएकालाई पनि दायरामा ल्याई अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोप जतनका साथ प्रभावकारी ढंगले पूर्ण सदुपयोग गर्दै आएको दाबी पनि गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*