बागमती प्रदेश:दुर्घटनामा परेर ३६० जनाको मृत्यु

बकैया दर्पण संवाददाता
२ बैशाख २०७९, शुक्रबार १४:१०

मकवानपुर । बागमती प्रदेशमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर ३६० जनाको मृत्यु भएको छ । प्रदेशको काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परेर उनीहरुको मृत्यु भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुशीलसिंह राठौरका अनुसार, प्रदेशको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाहेकका १० जिल्लामा भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो । सो अवधिमा एक हजार ६४७ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।
यस्तै, तीन हजार ३८९ जना घाइते भएका छन् । घाइतेमध्ये दुई हजार ५२० सामान्य र ८६९ जना गम्भीर घाइते भएको कार्यालयको तथ्याङ्कले जनाएको छ । दुर्घटनामा परेर बैशाखमा ३४ जना, जेठमा १९ जना, असारमा १८ जना, साउनमा २४ जना, भदौमा २२ जना, असोजमा ३६ जना, कात्तिकमा ४१ जना, मङ्सिरमा ३५ जना, पुसमा ३१ जना, माघमा ३४ जना, फागुनमा ३४ जना र चैत्रमा ३२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*