मकवानपुरे गायिका कार्कीको ‘रेशम डोरीको’ गीत सार्वजनिक

बकैया दर्पण संवाददाता
२९ चैत्र २०७८, मंगलवार १०:४२

मकवानपुर । मकवानपुरको बकैया निवासी गायिका सरु कार्कीको ‘रेशम डोरी’को बोलको लोक सार्वजनिक भएको छ ।
राजु विरही सापकोटाको शब्द तथा संगीतमा नव गायिका कार्कीको गीतमा आफ्नो मायालुलाई नभेट्दा आउने झल्कोको विषय समेटिएको छ । गीतमा गीतकार तथा संगीतकार सापकोटा र निहारिका थापाले अभिनय गरेका छन् । गीतको भिडियोलाई कोरियोग्राफी राजाराम सिंखडा र निर्देशन मिलन श्रेष्ठले गरेका छन् । म्युजिक भिडियोमा सन्तोष चौलागाँइले छाँयाकन गरेका हुन् भने रोशन धितालको सम्पादन रहेको छ ।
सानैदेखि गीत संगीत सुन्ने, विद्यालय पढ्दा गीत गाउँने र नाँच्ने कार्यमा रुची राख्ने सरुको लोकदोहोरी गायिका बन्ने चाहाना भने अहिले पूरा भएको छ । ‘पाँच-छ कक्षा पढ्दा देखि नै मलाई गीत-संगीतमा रुची थियो ।’ गायिका कार्की भन्छिन्,‘ममीले गाउँनु भएको सुनरै हुर्किएकी मलाई गीत गाउँने हुट्हुटी चलिरहन्थ्यो । तर आज आफ्नो सपना पूरा भएको ठानेकी छु ।’ संघर्षले अध्ययन गरेकी कार्की आफ्नो एल्बम सार्वजनिक गर्दा धेरैबाट माया तथा सकारात्मक प्रतिकृया पाएको बताउँछिन् । आगामी दिनमा पनि हौसला, साथ प्राप्त भइराखे अरु एल्बम पनि तयारी गर्ने आफ्नो सोच रहेको गायिका कार्की बताउँछिन् ।
सरु कार्कीको गीतका लागि तलको लिंक क्लिक गर्नुहोला ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*