हेटौंडाको मेयर र उपमेयरको लागि एमालेले गर्यो १६ जनाको सिफारिस

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७८, सोमबार ११:५७

मकवानपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले मेयर र उपमेयर पदका लागि नाम १६ जनाको नाम सिफारिस गरेको छ ।
आज भएको एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम सिफारिस गरेको हो ।
बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि बर्तमान मेयर हरिबहादुर महत देखि एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानासम्मको नाम सिफारिस गरेको छ ।
यसैगरि,बैठकले मेयरका लागि एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ,एमाले नेताहरु रघुनाथ खुलाल,अनन्त पौडेल,मदन दाहाल,ध्रुव चौलागाईं, विके महर्जन,गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ । त्यस्तै उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।
सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*