चट्याङ लागेर मकवानपुरकी मोक्तानको मृत्यु

बकैया दर्पण संवाददाता
२८ चैत्र २०७८, सोमबार ११:५२

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका वडा नम्वर १ सानोभावर,गडुवान निवासी अन्दाजी ४० वर्षीया सुकुमाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, आइतबार साँझ परेको चट्याङ लागेर उनी गम्भीर घाइते भएकी थिइन् । घाइते उनको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मोक्तानको श्रीमान ६० वर्षीय बिरबहादुर थिङ्ग पनि घाइते रहेको प्रहरीले जनाएको छ । मृतक मोक्तानको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रवक्ता कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*