मानव अधिकार एलायन्स मकवानपुरको अध्यक्षमा न्यौपाने

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७८, शुक्रबार १२:४८


मकवानपुर । नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) मकवानपुरको अध्यक्षमा रामचन्द्र न्यौपाने चयन हुनुभएको छ । बिहीबार भएको मानव अधिकार एलायन्सको छैठौं जिल्ला अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
छैठौं जिल्ला अधिवेशनवाट उपाध्यक्षमा राधिका चौलागाई, सचिवमा सम्राट सिलवाल, कोषाध्यक्षमा विवश अधिकारी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा प्रविण गौतम, नवराज पौडेल, कुमारी वाइवा, चन्द्रावती पनेरु, सुमित्रा श्रेष्ठ, मनिषा धले गुरुङ र कमला कार्की चयन हुनु भएको छ । कमिटीमा थप ४ जना भने पहिलो बैठकबाट मनोनयन गरिने अध्यक्ष न्यौपानेले बताउनुभयो ।
मानव अधिकार एलायन्स मकवानपुरका अध्यक्ष तुलसी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि रानाले नव निर्वाचित कमिटीलाई बधाई दिनु हुँदै चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, एलायन्सका जिल्ला सल्लाहकार आशाकाजी श्रेष्ठ, अधिवक्ता मुकुन्द अधिकारी, जनसाहित्य मञ्च बागमती प्रदेश अध्यक्ष मसान उपासक, युवा परिषद मकवानपुरका अध्यक्ष शिवहरी दाहाललगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*