६५ औं सहकारी दिवसमा २५ जनाद्वारा रक्तदान

बकैया दर्पण संवाददाता
१८ चैत्र २०७८, शुक्रबार ११:५६

मकवानपुर । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ । हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
सहकारी दिवसको अवसर मूल समारोह समितिले तीन दिवसीय कार्यक्रमअन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको हो । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा बागमती प्रदेश सरकारअन्तर्गतको सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटासहित विषयगत सहकारी संघका अध्यक्ष तथा पदाधिकारी, प्रारम्भिक सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारी, सहकारी अभियन्ता, सहकारीकर्मीको उपस्थिति रहेको थियो ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा शनिबार बिहान हेटौंडा अस्पतालमा उपचाररत विरामीलाई फुलफुल वितरण कार्यक्रम गर्नुका साथै आइतबार बिहान राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी, प्रवचन कार्यक्रमको आयोजना गरिँदैछ । आइतबार साँझ सहकारी दिवसको अवसरमा दीपावली गरिने मूल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*