प्रतिभा निखार्दै ब्युटिसियन ट्यालेन्ट

बकैया दर्पण संवाददाता
२० फाल्गुन २०७६, मंगलवार १४:३३

काठमाडौं । ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’का २६ प्रतियोगी अहिले प्रतिभा निखार्न तल्लिन छन् । कोरियोग्राफर तथा सञ्चारकर्मी जयन सुब्बा मानन्धरले उनीहरुलाई विभिन्न तालिम मार्फत प्रतिभा निखार्ने काम गरिरहेकी छन् ।

काठमाडौंको रविभनव स्थित रोज सिप विकाश तालिम केन्द्रमा ११ फागुनबाट सुरु भएको प्रशिक्षण अझै केही साता चल्नेछ । रोज सिप विकाश तालिम केन्द्र, रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा बिगत तीन वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको प्रतियोगीलाई गत बर्षकी विजेता सरु जोशीले ग्रमिङ गरिरहेकी छिन् ।

व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिका लागि ब्युटिसियन ट्यालेन्ट नेपाल नियमित आयोजना हँुदै आएको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले बताइन् ।

‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’ विजेता आगामी ७ चैतमा एक भव्य समारोह बीच हुँदैछ । कार्यक्रममा विजेताले विभिन्न उपहार, अवार्डको अलवा अवसर समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Source:ratopati.com

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*